के.युको बि.आई.टी. कार्यक्रम अब एस्पायर कलेजमा

काठमाडौँ । विराटनगर–१४ मा अवस्थित काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजमा यसै शैक्षिक सत्रबाट स्कुल अफ इन्जिनियरिङको बि.आई.टी कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

काठमाडौँ विश्वविद्यालयले एक कार्यक्रम गरी विश्वविद्यालय र एस्पायर कलेज बिच साझेदारी रुपमा बि.आई.टी कार्यक्रम सञ्चालन गर्ने सहमति भएको जानकारी दिएको हो ।

काठमाडौँ विश्वविद्यालयका अनुसार बि.आई.टी कार्यक्रम एक अत्याधुनिक र अत्यावश्यक क्षेत्रमा आधारित छ , प्रविधि र इन्जिनियरिङको क्षेत्रमा विद्यार्थीलाई व्यावसायिक र प्राविधिक दक्षता प्रदान गर्ने यस कार्यक्रमको लक्ष्य रहेको विश्वविद्यालयले जनाएको छ । चार वर्ष, ८ सेमेस्टर अध्यापन गराइने यो कार्यक्रममा कक्षा ११ र १२ मा विज्ञान संकाय अध्ययन गरेर जी.पि.ए. २.० वा ५० प्रतिशत अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरूले भर्ना पाउने छन् ।

काठमाण्डौं विश्वविद्यालयको प्रत्यक्ष निगरानीमा चलिरहेको यस एस्पायर कलेजमा यसै वर्ष देखि आई.टी कम्पनी समेत सञ्चालनमा आउदैं छ । विद्यार्थीलाई भर्नादेखि रोजगार सम्म सेवा पुर्याउने अभिप्रायले सञ्चालन गरिने यस आई.टी कम्पनीमा विद्यार्थीहरूले टर्राइन्न तथा रोजगारी पाउने जनाएको छ । २०२२ मा स्थापित यस कलेजमा बि.टेक.एड.आई.टी र बि.पि.एच. (प्रोफेसनल होटल मेनेजमेण्ट) कार्यक्रम सञ्चालनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 6 =