माधव सापकोटाको आरोप- सार्वजनिक लेखा समितिका सभापतिले पदको दुरुपयोग गरे

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम असुली गर्न बाँकी रहेका व्यापारीसँग भेटेर पदको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम नतिरेको भन्दै विवाद भइरहेका बेला सांसद सापकोटाले सो रहस्यमय ढंगको भेटबारे आफूले सूचना पाएको दाबी गरेका हुन् ।

मंगलवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सभापति पोखरेलले पदीय दुरुपयोग गर्दै विवादास्पद व्यापारीसँग भेट गरेको उल्लेख गरे । उनले घटनाको गम्भीरतापूर्वक छानबिन गर्न पनि सरकारसँग माग गरे ।

उनले भने ‘डेडिकेटेड फिडर र ट्रंक लाइनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै छ । तर उक्त समितिका सभापति र झगडियाहरूमध्ये बक्यौता समेत कायम रहेका एक जना व्यापारीका बीचमा रहस्यमय भेट भएको सूचना आएको छ । पदीय दुरुपयोगको यस घटनाको गम्भीरतापूर्वक छानबिनका लागि जोडदार माग गर्दछु ।’

सांसद सापकोटाले दूध किसानहरूको भुक्तानी तत्काल गर्न पनि सरकारलाई सचेत गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − thirteen =