तीन प्रदेश प्रमुखलाई हटाइयो, माधव निकटका शर्माको पनि पद चैट
२०८१ साउन १५ गते

काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।
बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।
यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए। शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् भने शर्मा एकीकृत समाजवादीका हुन् ।
२०८१ साउन १५ गते
प्रतिक्रिया
सम्बन्धित








