अन्नबाली उत्पादनमा विषादीको प्रयोग नगरौँ: कृषिमन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले विषादीको प्रयोग नगरी अन्नबाली उत्पादन गर्न आग्रह गरेका छन् । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले सम्भव भएसम्म विषादी प्रयोगमा न्यूनीकरण गर्न आग्रह गरे । ‘हामीले रैथाने बाली बेवास्ता गरेका छौँ । विकासे बालीलाई किराहरू लाग्ने भएकाले विषादी नराखी सम्भावना छैन,’ उनले भने, ‘मल प्रयोग नगरी सुख छैन । वस्तुको मलले फल्दैन । अवस्था अत्यन्त गम्भीर छ । विषादी सम्भव भएसम्म न्यूनीकरण गरौँ । विषादी प्रयोग नगरौँ । हामीले यो कुरालाई तीव्रताकासाथ लैजान सक्यौँ भने बढी फाइदा हुन्छ । रोग धेरै घट्छ ।’
कालीमाटी तरकारी बजार र सिंगो उपत्यकालाई बचाउनका लागि उपत्यकावासीको चुल्होमा स्वस्थ तरकारी र फलफूल पु¥याउन पुग्न आफूले सक्दो प्रयास गर्ने उनले बताए । विषादी प्रयोग गरेका सामान खाइयो भने सबैको घर र चुल्होमा समस्या हुन्छ,’ मन्त्री अधिकारीले भने, ‘कालीमाटी तरकारी बजार र सिंगो उपत्यकालाई बचाउनका लागि उपत्यकाको चुल्होमा पुग्नका लागि मैले मेरो ठाउँबाट के गर्नसक्छु म त्यो गर्न तयार छु ।’