तीन प्रदेश प्रमुख हटाउने निर्णय, यी हुन नयाँ प्रदेश प्रमुख

सरकारले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो।

बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएका छन्।

यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए। शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् भने शर्मा एकीकृत समाजवादीका हुन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *