बाघको संरक्षण गर्न सजिलो छैन : वनमन्त्री ठकुरी
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बाघको संरक्षण गर्न सहज नभएको बताएका छन् ।
सोमवार विश्व बाघ दिवस– २०२४ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै वन मन्त्री ठकुरीले यस्तो बताएका हुन् । उनले नेपालमा बाघको संरक्षण सजिलो नभएको र बाघको संरक्षण गर्न ठूलो घाँसे मैदान, पानी, वन पर्याप्त आहार आवश्यक पर्ने बताए ।
उनले बाघ बढाउन वा संरक्षण गर्न जरायो, मृग , चौँरी गाई, बँदेल जस्ता आहार प्रजातिको संख्या बढ्नुपर्ने बताए । उनले बाघको आहार प्रजातिका वन्यजन्तु संरक्षणमा प्राप्त वन र पानीको आवश्यकता हुने तर नेपालमा प्राप्त नभएको बताए । उनले सरकारले सबै कार्यलाई निरन्तरता दिन वन्यजन्तुको वासस्थान व्यवस्थापन, चोरी, सिकारी नियन्त्रण, भौतिक पूर्वाधार विकासको वातावरणीय नियमन अध्ययन अनुसन्धान आवश्यक रहेको बताए ।
उनले बाघ संरक्षणको लागि सरकारले ठूलो लागत व्यहोर्नुपरेको बताए । उनले जनताले जीवनयापनका त्याग गरेर मुलुकले भौतिक पूर्वाधारको विकासमा समेत नियन्त्रण गरेर भएपनि बाघ संरक्षण लगायत जैविक विविधता संरक्षण गर्दै आएको उल्लेख गरे ।
उनले भने ‘नेपालले बाघ संरक्षणमा विश्वसामु देखाएको उत्कृष्ट नमुना सबैले प्रशंसा गरिरहेका छन् । संयुक्त राष्ट्र संघले पारिस्थितिक प्रणालीको पुनः स्थापना दशकका सन्दर्भमा विश्वका सात भू–भागहरू छनोट गर्दा नेपालको तराई भूपरिधिलाई समेत छनोट गरेको थियो । बाघको संरक्षण सजिलो छैन । ठूलो घाँसे मैदान,पानी वन पर्याप्त आहार आवश्यक पर्छ । बाध बढाउन वा संरक्षण गर्न जरायो, मृग,चौँरी गाई,बँदेल जस्ता आहार प्रजातिको संख्या बढ्नुपर्ने हुन्छ । यी सबै कार्यलाई निरन्तरता दिन वन्यजन्तुको वासस्थान व्यवस्थापन,चोरी सिकारी नियन्त्रण,भौतिक पूर्वाधार विकासको वातावरणीय नियमन अध्ययन अनुसन्धान आवश्यक छ । जसका लागि नेपाल सरकारले लागत व्यहोर्नुपरेको छ । जनताले जीवनयापनका त्याग गरेर मुलुकले भौतिक पूर्वाधारको विकासमा समेत नियन्त्रण गरेर भएपनि बाघ संरक्षण लगायत जैविक विविधता संरक्षण गर्दै आएको छ ।’
उनले नेपालले बाघ संरक्षणमा विश्वसामु देखाएको उत्कृष्ट नमुना सबैले प्रशंसा गरेको बताए । उनले संयुक्त राष्ट्र संघले पारिस्थितिक प्रणालीको पुनस्थापना दशकका सन्दर्भमा विश्वका सात भू–भागहरू छनोट गर्दा नेपालको तराई भूपरिधिलाई समेत छनोट गरेको बताए ।