राष्ट्रियसभामा दुई प्रस्ताव सर्वसम्मतीले स्वीकृत

काठमाडौँ । राष्ट्रियसभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचारियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ ।

प्रस्ताव स्वीकृतिभएसँगै सभामुख देवराज घिमिरेले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि संशोधन हाल्न चाहने माननीयले प्रतिनिधिसभा नियमावली २०७९ को नियम एक सय १२ बमोजिम ७२ घण्टाभित्र आफूले पेश गर्न चाहेको संशोधनको सूचना विधेयक शाखा प्रतिनिधिसभाको संशोधन दिन सक्नुहुने छ’ भने ।

राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायनसम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायनसम्बन्धी विधेयक, २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =