पूर्वमन्त्री जोशीको मुद्दा १२ वर्षमा अन्तिम फैसला, ९ महिना कैद र ६९ लाख जरिवाना

पूर्वमन्त्री गोविन्दराज जोशीले गैरकानुनी सम्पत्ति आर्जन गरेको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाएको छ।

न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार जोशीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो।

विशेष अदालतको केही फैसला उल्ट्याउँदै सर्वोच्चले सजाय निर्धारण गरेको छ।

विशेषले एक वर्ष ६ महिना कैद हुने फैसला गरेकोमा त्यसलाई केही उल्ट्याउँदै सर्वोच्चले जोशीलाई ९ महिना कैद सुनाएको छ। यस्तै ६९ लाख १५ हजार रुपैयाँ जरिवाना तोकिएको छ।

विशेष अदालतले दुई करोड १६ लाख रुपैयाँभन्दा बढी सम्पत्तिको स्रोत नरहेको ठहर गरेको थियो।

सर्वोच्च पुगेको १२ वर्षपछि यो मुद्दामा फैसला भएको हो।

यसै मुद्दाका प्रतिवादीहरू ताराराज पाण्डे, दिनेशराज जोशी र बासुदेव पन्तले सफाइ पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =