निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटीमा रिहा

अन्तःशुल्क छपाइमा भ्रष्टाचार गरेको आरोपमा निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई धरौटी बुझाएर रिहा भएका छन्।

विशेष अदालतमा आइतबार उपस्थित भएका अर्याललाई विशेषका न्यायाधीशहरू टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ५० हजार रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको छ।

५० हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा रहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

२५ पैसामा छपाइ हुने स्टिकरका लागि ९० पैसा खर्च गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ९ गते मुद्दा दायर गरेको थियो।

मुद्दा परेसँगै मुख्यसचिव अर्याल निलम्बित भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =