दलहरुलाई स्पष्ट बहुमत ल्याउन संविधानले रोकेको छैन : सांसद शाही

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले संविधान संशोधन गर्नुको औचित्यमाथि प्रश्न गरेका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद शाहीले वर्तमान सरकार संविधान संशोधनको उद्देश्यसहित बनेको भन्दै संविधान संशोधनको औचित्य पुष्टि हुनुपर्ने बताएका हुन् ।

उनले जनतालाई अहिले दिगो विकास चाहिएको भन्दै विकास गर्नका लागि संविधानले नरोकेको बताए । उनले देश विकासको मोडलको बारेमा छलफल गर्नुपर्ने बताए ।

उनले राजनीतिक दलहरुले स्पष्ट बहुमत ल्याउनका लागि पनि संविधानले नरोकेको बताए । उनले संविधानको कारणले देशको विकास पछि नपरेको भन्दै यसको औचित्य स्पष्ट पार्न आग्रह गरे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा प्रधानमन्त्री हुँदा पनि विकासको कुनै मोडल ल्याउन नसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *