२/४ सिट भएका दललाई बोकेर हिंड्दा देशले प्रगति गर्न सकेन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले साना दलहरूले सरकारसँग बार्गेनिङ गर्ने गरेकाले देशमा स्थिर सरकार बन्न नसकेको बताएका छन् ।

उनले हरेक ६/६ महिनामा भइरहने सरकार गठन र विघटनले देशलाई धरासयी बनाएको बताए ।

अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्नुपर्ने उनले बताए । नेता कोइरालाले मुलुकलाई स्थायी सरकार दिनुपर्छ भन्ने एजेन्डा सुरुदेखि आफूले उठाएको स्मरण गरे ।

उनले भने–‘केवल सत्ता टिकाउन सधैँ साना–साना २/४ सिट भएका दललाई बोकेर हिंडदा नेपालले प्रगति गर्न सकेन भन्ने कुरा मनमा आएर मैले नै केही समय देखि संसदमा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने विषयलाई उठाएको हुँ ।’

नेता कोइरालाले नेपालमा गरिखाने अवस्थाको सिर्जना गर्न, लगानी गर्ने वातावरण सिर्जना गर्न र रोजगारीको अवस्थाको सिर्जना गर्न सक्छु भन्ने अठोट आफूमा रहेको बताएका छन् ।

कांग्रेस र एमालेको गठबन्धनको सरकारलाई कहिंकतै गल्ती गर्ने छुट नभएको नेता कोइरालाले बताए । उनले कांग्रेसले अब सुशासनको नारालाई जनताको घर–घर सम्म लैजाने बताए ।

‘कांग्रेसले कुनै पनि प्रकारको भ्रष्टाचारको खुलेर विरोध गर्नुपर्छ’ कोइरालाले भने ।

पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२ औँ अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले निरङ्कुशता विरोधी हरेक प्रजातान्त्रिक आन्दोलनमा भारतमा रहेका प्रवासीहरूले नेपाललाई ठूलो गुन लगाएको बताए ।

उनले भने– ‘भारतमा रहनुभएका कांग्रेस पार्टीका मात्रै होइन सम्पूर्ण नेपालीहरूले पु¥याउनुभएको योगदानको म मुक्तकण्ठले उच्च प्रशंसा गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + seventeen =