जनताको आह्वानबाट बनेको यो पहिलो सरकार हो : सांसद ढकाल
मकालु खबर
२०८१ साउन १३ गते
काठमाडौं । नेकपा(एमाले) का सांसद सूर्यप्रसाद ढकालले वर्तमान सरकार नेपाली जनताको अपिलअनुसार बनेको बताएका छन् ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै आईतवार सांसद ढकालले नेपाली जनताले दुई ठूला पार्टीहरु नेपाली काँग्रेस र नेकपा(एमाले)लाई मिलेर सरकार बनाउन अपिल गरेका बताएका हुन् ।
उनले दुई ठूला पार्टीको सरकार बन्दा सरकारलाई साथ, सहयोग गर्न जनता तयार रहेका बताए । उनले वर्तमान सरकारले जनताका मुद्दाहरुलाई सम्बोधन गर्ने बताए ।
उनले सरकारले काठमाडौंको जाम कम गर्न भुमिका खेल्नुपर्ने बताए । त्यस्तै तत्कालै भूमि आयोग गठन गरेर भूमिहिनहरुलाई लालपूर्जा दिनुपर्ने र २१ लाख युवाहरुलाई ड्राइभिङ लाइसेन्स दिनुपर्ने अहिलेको अवस्था रहेको भन्दै सबैलाई लाइसेन्स दिनुपर्ने बताए ।
उनले वर्तमान सरकार नेपाली जनताको माग र राष्ट्रिय आवश्यकताको जगमा बनेको बताए ।
मकालु खबर
२०८१ साउन १३ गते
प्रतिक्रिया
सम्बन्धित