मृतकको शव व्यवस्थापनको खर्च सौर्य एयरलाईन्सले व्यहोरेको छ : पर्यटनमन्त्री (भिडिओ)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाईन्स दुर्घटनामा मृत्यु भएका १८ शव आफन्तले बुझेको संसदलाई जानकारी गराएका छन् ।
आईतवार प्रतिनिधि सभा बैठकमा सो विमान दुर्घटनाबारे जानकारी गराउँदै सो कुरा बताएका हुन् ।
यमनका एक जना नागरिकको शव व्यवस्थापनका लागि पनि नेपालमा दुतावास नभएकाले त्यसका लागि सम्पर्क र समन्वयको काम भइरहेको उनले बताए ।
मन्त्री पाण्डेले सो विमान दुर्घटनामा परी गम्भिर घाइते क्याप्टेन मनिषरत्न शाक्य उपचाररत रहेको र उनको अवस्था खतरामुक्त रहेको पनि बताए ।
उनले मृतकको शव व्यवस्थापनको सम्पूर्ण खर्च सौर्य एयरलाईन्सले व्यहोरेको पनि जानकारी दिए ।
गत साउन नौ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भरेलगत्तै सौर्य एयरलाईन्सको विमान दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित १८ जनाको ज्यान गएको थियो भने क्याप्टेन शाक्यको गम्भिर अवस्थामा उद्धार गरिएको थियो ।








