सबै मन्त्रालयका सचिवसँग प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रालयका मन्त्री एवं सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं सदस्यहरूसंग छलफल गरिहेका छन् ।

प्रधानमन्त्री ओलीले सरकार गठन भएपछि पहिलोपटक उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसहित सबै मन्त्री तथा सचिव र योजना आयोगका पदाधिकारीहरूलाई निर्देशन दिन लागेको सिंहदरबारस्थित प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा सबै मन्त्रालयका सचिवहरूले आआफ्नो मन्त्रालयको वस्तुस्थिति एवं कामकाजका बारेमा जानकारी गराउने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =