सौर्य विमान दुर्घटना

दुर्घटनामा बाँचेका पाइलट भन्छन्– उड्ने वित्तकै विमान खस्यो, कन्ट्रोल गर्नै सकिनँ

काठमाडौँ । बुधवार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटना भयो । दुर्घटनामा १८ जना यात्रुको मृत्यु भयो भने विमानका पाइलट मनिषरत्न शाक्य भने बाँच्न सफल भए ।

उनको घटनास्थलबाट उद्धार गरि काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको र बोल्न सक्ने अवस्थामा छन् ।

केएमसी अस्पतालकी मेडिकल डाइरेक्टर डा.मिना थापाका अनुसार उनले कुरा गर्न थालेका छन् । यद्यपि उनीसँग कसैलाई पनि भेट्न दिइएको छैन । पाइलट शाक्यको अस्पतालको न्युरो सर्जरी आइसियुमा राखेर उपचार भइरहेको छ ।

उपचाररत पाइलट शाक्यले अस्पतालका उच्च तहका अधिकारीसँग विमान दुर्घटनाबारे छोटकरीमा कुरा गरेका छन् ।

मेडिकल डाइरेक्टर थापाका अनुसार उनले विमान उडान भरेको केही छिनमै खसेको र नियन्त्रणमा लिन नसकेको बताएका थिए ।

‘५०/१०० मिटर उडेपछि विमान खस्यो, कन्ट्रोल गर्नै सकिनँ । दुर्घटनामा परेपछि श्वास फेर्न गार्‍हो भएको थियो, साथीहरू कराइरहेको सुनेको थिएँ,’पाइलटको भनाई उद्धृत गर्दै उनले भनिन् ।

पाइलट शाक्यले आजबाट खाना खान थालेका छन् । उनले झोलिलो खानेकुरा खान थालेको डाइरेक्टर थापाले जानकारी दिइन् ।

‘आज बिहानदेखि झोलिलो खानेकुराहरू खानुभयो,’उनले भनिन्,‘एमआरआईको रिपोर्ट आएपछि आइसियुबाट बाहिर निकाल्नेबारे छलफल भइरहेको छ ।’

सौर्य एयरलाइन्सको सीआरजे ७०० ९ एन–एएमई विमान हिजो दुर्घटना भएको थियो ।

प्रतिक्रिया

One thought on “दुर्घटनामा बाँचेका पाइलट भन्छन्– उड्ने वित्तकै विमान खस्यो, कन्ट्रोल गर्नै सकिनँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + two =