डेंगी रोगको न्यूनीकरण तथा रोकथामसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस

काठमाडौँ । प्रतिनिधि सभामा डेंगी रोगको प्रकोप न्यूनीकरण तथा रोकथामसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको छ ।

नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सो प्रस्ताव पेस गरेकी हुन् ।

उनले सो रोगको प्रकोप तीव्र रुपमा देशभरि फैलिई जनस्वास्थ्य संकट उत्पन्न हुन गई अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरू भर्ना हुने संख्यामा वृद्धि, समाजमा डर र त्रासको माहौल उत्पन्न भएकाले डेंगीको प्रभावकारी नियन्त्रण एवं भविष्यमा सृजना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामका लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएकाले सरकारलाई सचेत गराउन सो प्रस्ताव पेस गर्नुपरेको बताइन् ।

सांसद गौतमले भनिन् ‘डेंगीको प्रकोप तीव्र रुपमा देशभरि फैलिई जनस्वास्थ्य संकट उत्पन्न हुन गई अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरू भर्ना हुने संख्यामा वृद्धि, समाजमा डर र त्रासको माहौल उत्पन्न भएकाले डेंगीको प्रभावकारी नियन्त्रण, एवं भविष्यमा सृजना हुने गम्भीर र दीर्घकालीन असर न्यूनीकरण तथा रोकथामका लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएकाले सो प्रस्ताव आफूले पेस गर्नुपरेको हो ।’

सो प्रस्तावमा सांसदहरू कुसुमदेवी थापा, सपना राजभण्डारी, सीता मिजार र लिलादेवी बोखिम लिम्बू समर्थक रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =