प्रधानमन्त्री गलत बाटो हिँडे, ठाडो निर्देशन चल्दैन : सांसद बस्नेत

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइन विवादको समाधान ठाडो निर्देशनमा गर्न खोज्ने प्रवृत्ति राम्रो नभएको बताएका छन् ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै यस्तो बताएका हुन् । उनले डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौताको बिलको समाधान तथा निरूपण गर्ने विशेष कानूनी र विशेष व्यवस्थाहरूबाट गर्न जरुरी रहेको बताए ।

‘डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौताको बिलको विषय छ । त्यसको निरूपण गर्ने विशेष कानूनी र विशेष व्यवस्थाहरू पनि छ । सरकार त्यो बाटो हिँड्नुपर्‍यो । कुरा सुशासन र विधि,नियम गर्ने तर समाधान ठाडो निर्देशनमा खोज्ने । सरकार गलत बाटो हिँड्दैछ’ उनले भने‘सभामुखमार्फत सचेत गराउन चाहन्छु । नियमक निकायहरूले दैनिक कार्यकारी र व्यवस्थापकीय कामहरूमा रुचि देखाएर आफूलाई विवादित बनाउन आग्रह गर्न चाहन्छु । ऊर्जा क्षेत्रले यतिबेला मुलुक समृद्धिको बाटोमा गएको छ ।’

उनले डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौता समाधानमा विधि र नियम भन्दा बाहिर गएर काम गरिरहेको बताए । उनले सरकारले डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानमा गलतबाट गएको भन्दै सचेत गराए ।

उनले नियमक निकायहरूले दैनिक कार्यकारी र व्यवस्थापकीय कामहरूमा रुचि देखाएर आफूलाई विवादित बनाउन नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =