एआईजीमा रामदत्त जोशी बढुवा सिफारिस
२०८१ साउन ७ गते

सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशीलाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालय बसेको बढुवा समितिको बैठकले जोशीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।
एआईजी उमेशराज जोशीले अनिवार्य अवकाश पाएपछि रिक्त पदमा उनको सिफारिस भएको हो ।
डीआईजी जोशी हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख छन् ।

२०८१ साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित








