मौद्रिक नीतिले निजी क्षेत्रको चासोलाई सम्बोधन गर्नुपर्छ : वर्षमान पुन
२०८१ साउन ७ गते

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले मौद्रिक नीति निजी क्षेत्रको चासोलाई सम्बोधन गर्नेगरी ल्याउनुपर्ने बताएका छन् ।
सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पुनले निजी क्षेत्रले सङ्कुचनको महसुस गरिरहेको भन्दै मौद्रिक नीतिमा लचकता अपनाउनुपर्ने बताएका हुन् । उनले घरजग्गा कारोबार र शेयर कारोबारमा रहेका अप्ठ्याराहरूलाई फुकाउनुपर्ने बताए ।
उनले लगानीयोग्य पुजी बैंकहरुमा थुप्रिएर बसेको भन्दै मौद्रिक नीतिले त्यसलाई चलायमान बनाउनुपर्ने बताए । उनले नेपाल राष्ट्र बैंकको स्वायत्तता र विज्ञतामा सरकारले हस्तक्षेपमा गर्नु नहुने बताए ।
उनले भने – ‘वित्तीय नीति र मौद्रिक नीति एक अर्काका पूरक हुन् । त्यही रूपले आउनुपर्छ । समयमै आउनुपर्छ । खासमा अहिले निजी क्षेत्रले सङ्कुचनको महसुस गरिराखेको छ । केही कडाइको महसुस गरिराखेको छ । केही लचकता गर्नुपर्छ । घरजग्गा कारोबार, शेयर कारोबारमा रहेका क्यापिङहरु, अप्ठ्याराहरूलाई फुकाउनुपर्छ । लगानीयोग्य पुँजी पर्याप्त छ । बैंकहरुमा थुप्रिएर बसेको छ । त्यसलाई चलायमान बनाउनलाई मौद्रिक नीतिले सघाउ पु¥याउनुपर्छ । नेपाल राष्ट्र बैंकको स्वायत्तता र विज्ञतामा हस्तक्षेपमा गर्नु हुँदैन । राष्ट्र बैंकले स्वतन्त्र ढंगले निजी क्षेत्रका चासोहरूलाई सम्बोधन गरोस् । सरकारले लिएको लिएको वित्तीय नीतिलाई समर्थन गर्ने ढंगले आओस् । यसमा कुनै स्वार्थ समूह हाबी नहोस् । मेरो शुभेच्छा छ राष्ट्र बैंकलाई ।’
उनले मौद्रिक नीति सरकारले लिएको वित्तीय नीतिलाई समर्थन गर्नेगरी आउनुपर्ने बताए । उनले मौद्रिक नीतिमा कुनै स्वार्थ समूह हाबी हुन नहुने पनि बताए ।
२०८१ साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित








