राष्ट्रिय सभा सदस्य पार्कीको आरोप- वर्तमान सरकार भ्रष्टाचारलाई जोगाउनको लागि बन्यो

काठमाडौँ । राष्ट्रिय सभाका सदस्य जगतबहादुर पार्कीले वर्तमान सरकार भ्रष्टाचार निर्मूल र सुशासन ल्याउन नभई भ्रष्टाचारीलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन् ।

सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य पार्कीले यस्तो आरोप लगाएका हुन । उनले सरकारमा भ्रष्टाचारमा संग्लन भएका मानिसहरु सहभागी भएकाले वर्तमान सरकारले भ्रष्टाचार निर्मूल गर्ने विश्वास नभएको बताए । उनले अघिल्लो सरकारले कुनै गलत काम नगरी भ्रष्टाचारका फाइल खोल्ने डरमा नयाँ गठबन्धन भएको दाबी गरे ।

उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारले इतिहासमा पहिलो पटक सबैभन्दा बढी भ्रष्टाचारीहरू जेल हाल्ने काम गरेको बताए । उनले भ्रष्टाचार र सुशासनको पक्षमा काम गरिरहेको सरकार ढाल्नुको औचित्य नहुने बताए ।

उनले भने ‘सरकारमा भ्रष्टाचारमा संग्लन भएका मानिसहरु सहभागी भएकाले वर्तमान सरकारले भ्रष्टाचार निर्मूलन गर्छ भन्ने विश्वास छैन । अघिल्लो सरकार ढाल्नुपर्ने कारण के हो । सरकारले के गल्ती गर्नुपरेको थियो । सरकार ढाल्नुपर्ने अवस्था सिर्जना भयो । प्रचण्ड सरकारले इतिहासमा पहिलो पटक सबैभन्दा बढी भ्रष्टाचारीहरू जेल परेका थिए । भ्रष्टाचार र सुशासनको पक्षमा काम गरिरहेको सरकार ढाल्नुको औचित्य छैन । वर्तमान सरकार भ्रष्टाचार निर्मूल र सुशासन ल्याउन होइन । भ्रष्टाचारीलाई जोगाउन नयाँ गठबन्धन बनेको हो । सरकारलाई जनताले विश्वास गर्ने वातावरण बनेको छैन ।’

उनले वर्तमान सरकार भ्रष्टाचार निर्मूल र सुशासन ल्याउन नभई भ्रष्टाचारीलाई जोगाउन नयाँ गठबन्धन बनेको भन्दै सरकारलाई जनताले विश्वास गर्ने वातावरण नभएको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =