पशुपतिनाथको मूर्तिलाई सार्वजनिक गराइदिऔँ : नारायणदत्त मिश्र

काठमाडौँ । राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न माग गरेका छन् ।

सोमवार सभा बैठकमा बोल्दै सदस्य मिश्रले सरकारसँग यस्तो माग गरेका हुन् । उनले मुलुकको पर्यटन विकासको लागि पशुपतिनाथको मूर्ति सार्वजनिक आवश्यक भएको बताए । उनले काँशी विश्वनाथको समेत मुक्ति सार्वजनिक भएको भन्दै पशुपतिमा रहेको पञ्चमुखी शिव भगवानको मूर्ति विश्वमा कहीँ पनि नभएको बताए । उनले उक्त मूर्ति सार्वजनिक गर्नसके त्यसले पर्यटनको विकासमा ठूलो मद्दत गर्ने बताए ।

उनले भने ‘मुलुक कृषि उत्पादनमा आत्मनिर्भर हुनुपर्छ । कृषि उत्पादन माछा, मासु, दुग्ध र तरकारीमा आत्मनिर्भर भएर निकासी समेत गर्नसक्छौं । वर्तमान सरकारले यो काम गर्न सक्नुपर्छ । पशुपतिनाथको मूर्तिलाई सार्वजनिक गराइदिऔँ । काँशी विश्वनाथको मुक्ति सार्वजनिक भएको छ । पञ्चमुखी शिव भगवानको यति राम्रो मूर्ति विश्वमा कही पनि छैन । त्यसले पर्यटनको विकासमा ठूलो मद्दत गर्नेछ ।’

उनले सरकारले माछा, मासु, दूध र तरकारीको उत्पादन वृद्धि गरी आत्मनिर्भर भएर निकासी गर्न सक्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *