लमजुङ अदालतबाट लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गर्‍यो

लमजुङ । बेँसीसहर नगरपालिका–८ मा रहेको जिल्ला अदालत लमजुङले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । अदालतले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा एक सय पाँचवटा मुद्दा बढी फछ्र्यौट गरेको हो ।

अदालतका श्रेस्तेदार भेषराज पौडेलका अनुसार वार्षिक फछ्र्यौट लक्ष्य पाँच सय ७४ मुद्दा रहेकामा गत आवमा छ सय ७९ फछ्र्यौट गरिएको छ । गत आवमा अदालतले लक्ष्यको आधारमा एक सय १८ दशमलव २९ प्रतिशत प्रगति गरेको उनले बताए । एक हजार २४ यथार्थ लगत रहेकामा छ सय ७९ वटा मुद्दा फछ्र्यौट भएको भन्दै वास्तविक लगतको आधारमा ६६ दशमलव ३० प्रतिशत प्रगति भएको जानकारी दिए ।

श्रेष्तेदार पौडेलका अनुसार गत आवमा सात सय ५१ वटा नयाँ मुद्दा दर्ता भएका थिए भने आव २०७९८० बाट जिम्मेवारी सरेर आएका दुई ७३ गरी एक हजार २४ मुद्दा फछ्र्यौट गर्नुपर्ने थियो ।

जिम्मेवारीबाट सरेर आएका दुई सय ३७ मुद्दा फछ्र्यौट भएका छन् । चालु आर्थिक वर्षमा ३६ मुद्दा सरेर आएका अदालतले जनाएको छ । अदालतका अनुसार नयाँबाट तीन सय नौ मुद्दा सरेको र चालु आवमा तीन सय ४५ वटा मुद्दा टुङ्ग्याउनुपर्ने छ ।

जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलले अदालतका कर्मचारीको लगावका कारण लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट भएको बताए । जिल्ला अदालतले दुई वर्ष बढीका मुद्दा नराख्ने भने पनि प्रमाण जुटाउन नसक्दा दुई वटा मुद्दाको फछ्र्यौट हुन नसकेको उनले जानकारी दिए ।

न्यायाधीश पौडेलले न्याय सम्पादनमा कुनै कमी आउन नदिन आफूसहित कर्मचारीले सधैँ एकआपसमा समन्वय गरी काम गरिरहेका बताए । जिल्ला अदालतलाई मुलुककै समयसापेक्ष न्याय सम्पादन गर्ने सूचीमा लैजाने योजना अनुसार कार्यसम्पदान गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =