दलित र मुस्लिम समुदायलाई मन्त्रीपरिषद्मा समावेश नगराएकोप्रति आपत्ति जनमतको आपत्ति

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले दलित र मुस्लिम समुदायलाई मन्त्रीपरिषद्मा समावेश नगराएकोप्रति आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्ने जानकारी गराउँदै उनले यस्तो बताएका हुन् । उनले ४० लाख भन्दा बढी दलित र १५ लाख भन्दा बढी मुस्लिम समुदायको जनसंख्या भएपनि उनीहरूको उपस्थिति मन्त्रीपरिषद्मा हुन नसकेको बताए ।

उनले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार प्रतिपक्ष बलियो हुनु आवश्यक रहेको बताए । उनले सडक शान्त हुँदा संसद निरंकुश बन्ने बताए । उनले प्रतिपक्षको आवाज बलियो र मुलुकको हित र समृद्धि एवं अग्रगमन परिवर्तनको लागि हुनुपर्ने बताए ।

उनले भने ‘सामाजिक न्यायको कुरा आउँदा नेपालमा ४० लाख भन्दा बढी दलित समुदायको जनसंख्या भएपनि १५ लाख भन्दा बढी मुस्लिम समुदायको जनसंख्या भएपनि उहाँहरूको उपस्थिति मन्त्रीमण्डलमा नहुनु कुन प्रकारको सामाजिक न्याय हो ? भन्नेकुरा सदनले सोच्न जरुरी छ । शक्ति पृथकीकरणको सिद्धान्तअनुसार प्रतिपक्ष बलियो हुनु आवश्यक छ, जब सडक शान्त हुन्छ, तब सरकार निरंकुश हुन्छ । जब प्रतिपक्ष कमजोर हुन्छ भने सदन निरंकुश हुन्छ । त्यसकारण प्रतिपक्षको आवाज पनि बलियो, मुलुकको हित र समृद्धि एवं अग्रगमन परिवर्तनको लागि हुनुपर्छ ।’

सांसद खानले पार्टीभक्तिलाई छोडेर पार्टीभित्र आलोचना, आत्मालोचना गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 11 =