वर्तमान सरकारप्रति जनताले देखाएको विश्वासको प्रमाण शेयर बजारले दिएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण शेयर बजार भएको दाबी गरेका छन् ।

आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रको ऐना मानिने शेयर बजारमा हरियाली छाएको बताए । उनले ५० लाख बढी शेयर लगानीकर्ता संलग्न भएको शेयर बजार पछिल्लो दुई सातामा ४ सय अंकले बढेको बताए ।

उनले नेप्से २७ महिना यताकै उच्च भएको बताए । उनले अब शेयर बजार मात्रै नभएर देशको पूरै बजार चलायमान हुने विश्वास व्यक्त गरे । उनले सिङ्गो देशलाई चलायमान बनाउने विश्वास वर्तमान सरकारसँग रहेको बताए ।

उनले भने ‘अर्थतन्त्रको ऐना मानिने शेयर बजारमा हरियाली छाएको छ । ५० लाख बढी शेयर लगानीकर्ता संलग्न भएको शेयर बजार पछिल्लो दुई सातामा ४ सय अंकले बढेको छ । नेप्से २७ महिना यताकै उच्च भएको छ । हाम्रो सरकार प्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण यो हो । अब शेयर बजार मात्रै होइन । देशको पूरै बजार चलायमान हुनेछ । सिङ्गो देशलाई चलायमान बनाउने विश्वास हामीसँग छ । हामीले लामो अनुभव बटुलेका छौं । २०७२ को महाभूकम्प पुनः निर्माण गरेको अनुभव छ ।’

उनले सिङ्गो देशलाई चलायमान बनाउने विश्वास वर्तमान सरकारसँग रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =