सुरु भएका काम सक्ने सरकारको मुख्य प्राथमिकता हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा भरोसा जगाउने र सुरु गरिएका कामहरु सक्नेकुरा प्राथमिकतामा रहेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले अहिले सधैँ काम भइरहेको हुने तर कहिल्यै नसकिने अवस्थाको अन्त्य गरिने बताए ।

उनले विकासका मामिलामा देखिएको अनुशासन हिन्ताको अन्त्य गर्ने बताए । उनले सरकार काम भइरहेको छ भन्न नभई थालिएको काम सकियो भनेर सुनाउन आतुर रहेको बताए ।

प्रधानमन्त्री ओलीले थालिएको काम समयमा सम्पन्न गर्न क्षमता अभिवृद्धि गर्ने बताए । उनले मन्त्रालयगत कार्य प्रगतिको मूल्याङ्कन गर्ने व्यवस्था र पुँजीगत खर्च वृद्धि गर्ने बताए । उनले ताकिएको लागत समय परिणाम र गुणस्तरको काम सम्पन्न नगर्नेलाई कानुन अनुसार जिम्मेवार बनाउने र जिम्मेवार नभए कारबाही गर्ने बताए ।

उनले परियोजनाहरूको लागत वृद्धि हुन नदिने बताए । उनले आयोजना ठेक्काको दुरुपयोग गर्नेबाट हानी नोक्सानी असुल उपर गरिने बताए ।

प्रधानमन्त्री ओलीले आवश्यक ऐन संशोधन सहित नीतिगत सुधार गर्ने बताए । उनले निर्माण सम्पन्न गरेर पनि भुक्तानी पाउन नसकेका निर्माण व्यवसायीहरूका समस्या तत्काल समाधान गर्ने बताए । उनले अन्य देशहरू व्यापार गरेका छन् हामी किन्ने मात्रै भएकाले उत्पादन वृद्धि गरी व्यापार गर्ने सरकारको प्राथमिकता रहेको बताए ।

उनले व्यवसायीमैत्री वातावरण बनाउने बताए । उनले अर्थमन्त्रालयको समन्वयमा उद्योग तथा वाणिज्य मन्त्रालयले तीन महिनाभित्र स्पष्ट मार्गचित्र तयार पार्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =