कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रका कमजोरीहरू सुधार गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरीहरूको सुधार गर्न आवश्यक रहेको बताएका छन् । आइतबार ४२औं बिपी स्मृति दिवसको अवसरमा कांग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेसलाई नयाँ बनाउनका लागि परपर खोज्न जान नपर्ने बताए । ‘नेपाली कांग्रेसले आफूलाई नयाँ बनाउनका लागि परपर खोज्न जाने होइन । आफैँ भित्र खोज्नुपर्छ,’ उनले भने, ‘हामीसँगै छ त्यो । हामीभित्रै छ । त्यसैले पठन संस्कृतिलाई फेरि एक पटक नेपाली काँग्रेसभित्र छ, तर अझै यसलाई बढाउनु पर्छ । अझ उज्यालो बनाउनु पर्छ ।’

महामन्त्री थापाले कांग्रेसले गर्ने बहस आम नागरिकलाई सूचित गर्ने र तथ्यमा आधारित हुनुपर्ने तर्क गरे । ‘साथीहरू विभिन्न जिम्मेवारीमा हुनुहुन्छ, हाम्रो लाखौँ साथीहरू हुनुहुन्छ । नेपाली काँग्रेसको साथीहरूले जहाँ छलफलमा भाग लिनुहुन्छ, हामीले गर्ने बहसको पाटो त्यो सूचित बहस नै हो । त्यो तथ्यमा आधारित हुनुपर्छ । हामी बहकिनु हुँदैन,’ उनले भने, ‘हाम्रो जिम्मेवारी हो । त्यसका निम्ति पनि पठन संस्कृति अनिवार्य छ । त्यसका लागि पुस्तकालयले प्रेरित गर्दछ । हामीलाई एउटा श्रोत केन्द्र पनि चाहिएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =