कांग्रेसीहरु पढ्दैनन् भन्ने भाष्य चिर्नुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसीहरु पढ्दैनन् भन्ने भाष्य चिर्न आवश्यक रहेको बताएका छन् । आइतबार ४२औं बिपी स्मृति दिवसको अवसरमा कांग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभापति देउवाले कांग्रेसले पढ्दै पढ्दैनन् भन्ने भनाइ रहेको भन्दै पुस्तकालय शुभारम्भ भएसँगै कांग्रेसीहरुले अध्ययन गर्ने बानी बसाल्ने विश्वास व्यक्त गरे । ‘एउटा भन्ने चलन छ, काँग्रेसले पढ्दै पढ्दैन भनेर,’ उनले भने, ‘अब लाइबेरी भएपछि अवश्य नै पढ्नुहुनेछ भन्ने लाग्छ मलाई ।’

विश्वेश्वरप्रसाद कोईराला राजनीतिदेखि साहित्य लगायतका हरेक कुरामा सक्षम रहेको स्मरण गर्दै सभापति देउवाले बिपीको योगदान अविस्मरणीय रहेको बताए । ‘बिपी कोइरालाको सम्बन्धमा मैले भन्ने गरेको छु, धेरै ठूलो व्यक्ति हो । उहाँ हर चिजमा साहित्यकार, साइकोलोजिस्ट सबै कुरामा योग्य हुनुहुन्थ्यो,’ उनले भने, ‘राजनीति र साहित्यका साथ साथै धेरै कुरामा उहाँको योगदान छ । राजनीतिमा उहाँ जिन्दगीभर कहिल्यै नथाकेर आफ्नो सिद्धान्त र राष्ट्रको लागि जुनसुकै बलिदान गर्न तयार भएको व्यक्ति हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =