जम्कट्टेललाई विश्वासको मत नदिन एमालेको ह्विप
२०८१ साउन ५ गते

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिन एमालेले ह्वीप जारी गरेको छ।
नेकपा एमाले संसदीय दल बागमती प्रदेशको शनिबार बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गर्दै विपक्षमा मतदान गर्न सांसदलाई ह्वीप जारी गर्ने निर्णय गरेको हो।
एमालेले आफ्ना सांसदहरूलाई आइतबारको प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन र मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
सत्ता समीकरण परिवर्तन पछि मुख्यमन्त्री जम्कट्टेलले आइतबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।
एमालेले जम्कट्टेल नेतृत्वको सरकारबाट असार २४ मा समर्थन फिर्ता लिएको थियो ।
२०८१ साउन ५ गते
प्रतिक्रिया
सम्बन्धित








