नयाँ सरकारसँग मधेस प्रदेशवासी छैनन् सन्तुष्ट

काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेबीच सत्ता समीकरण बनेसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् ।

नेपाली काँग्रेस र नेकपा एमालेबीच संविधान संशोधनलाई मुख्य एजेण्डा बनाएर सत्ता समीकरण बनेको छ । प्रधानमन्त्री ओलीले आइतबार (भोलि) विश्वासको मत लिँदै छन् । तर दुई ठूला पार्टीबीचको सत्ता सहकार्यले कतै निरंकुशतालाई प्रश्रय गर्दैन भन्ने आम मानिसको आँकलन छ ।

निजी क्षेत्र, शिक्षक, कर्मचारीतन्त्र, कानुनकर्मीहरू नयाँ सरकारप्रति आशातीत देखिन्छन् । नयाँ मन्त्रीहरूलाई भेट्न सिंहदरबार भरिभराउ छ । तर सत्ता समीकरणपछि पनि मधेस प्रदेशका आम नागरिकहरू भने सन्तुष्ट छैनन् । उनीहरु सत्ता सहकार्यका लागि मात्रै गठबन्धन बनेको भन्दै यस सरकारले नागरिकमा कुनै कुराको फरक नपार्ने बताउँछन् । मधेस प्रदेशका अधिकांश नागरिकहरूले आफू जोगिनका लागि सरकार बनाएको जिकिर गरे ।

पेसाले वरिष्ठ अधिवक्ता रहेका जनकपुरका किशोरी साह देशमा आएका नयाँ सत्ता समीकरणलाई हेर्दा आफू जोगिनका लागि दुई ठूला दल मिलेर सरकार बनाएको बताउँछन् । उनले भ्रष्टाचारमा संलग्न कसैलाई पनि नछोड्ने संकल्पका साथ देश विकासमा लागेको खण्डमा मात्रै सरकार देशका लागि लाभदायी बन्ने बताए ।

नेपाल बौद्धिक प्रतिष्ठानमा कार्यरत विष्णु कुँवर राजनीतिक परिवर्तनले जनतामा कुनै उत्साह नआएको बताए । पछिल्ला कुनैपनि सरकार जनताको सरकार बन्न नसकेको बताए । राजनीतिक दलको सरकार कुनैपनि व्यक्ति सरकामा गएर केही उपलब्धि नहुने बताए ।

अर्का मधेस प्रदेशको धनुषाका नागरिक कुनैपनि सरकार स्वार्थका लागि मात्रै बन्ने गरेको भन्दै असन्तुष्टि जनाए । अर्का नागरिक भने अहिलेको अवस्थामा राजनीतिक परिवर्तन हुनुले केही अर्थ नराख्ने बताए । उनले स्वास्थ्य, शिक्षा लगायतका आम नागरिकका समस्या समाधानका लागि राजनीतिक दलहरूको दृष्टिकोण नरहेको बताए । त्यस्तै अर्का नागरिकले राजनीतिक व्यक्तिले आफूलाई स्वार्थ मिल्ने किसिमले मात्रै हेर्ने गरेको बताए । देशका जनता के चाहन्छन् भन्ने कुरामा कुनैपनि राजनीतिक दलहरू गम्भीर नरहेको बताए ।

उनीहरुले राजनीतिक अवस्थासँग सन्तुष्ट हुने ठाउँ नरहेको बताए । विपक्षी र पक्ष नै मिलेर सरकार बनाएपछि भ्रष्टाचार छोपिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 1 =