काठमाडौं आइरहेको बस ठूलो दुर्घटनाबाट जोगियो (भिडिओ)
२०८१ साउन ५ गते

काठमाडौं । बझाङबाट काठमाडौं आउँदै गरेको बस ठुलो दुर्घटनाबाट जोगिएको छ ।
शुक्रबार बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत बगडगाउँमा पहिरो खसेको थियो । तर, संयोगबस् बस गुडेर केही फिट अगाडि पुगेको अवस्थामा माथिबाट पहिरो खसेको थियो । पहिरोले बसको पछिल्लो भागलाई धकेलेर भिरतर्फ पुगाएको थियो ।
अघिल्लो शुक्रबार बिहान दुईवटा बस चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेका थिए । तर, आज हप्ता पुग्दासम्म पनि बस फेला परेको छैन ।
२०८१ साउन ५ गते
प्रतिक्रिया
सम्बन्धित








