जसपा नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ। पार्टीले वर्तमान सरकारलाई समर्थन गरिसकेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने जसपाका प्रवक्ता मनिसकुमार सुमनले बताए।

“जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन्छ, तर, पार्टीले आधिकारिक निर्णय गरिसकेको छैन, भोलि शनिबार वा आइतबार बिहान संसदीय दलको बैठकले औपचारिक निर्णय गर्नेछ”, उनले भने।

प्रधानमन्त्री ओलीले नेपालको संविधान बमोजिम यही साउन ६ गते आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ।

गत आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।

प्रधानमन्त्री भएकै दिन मन्त्रिमण्डललाई पुर्णता दिएका ओलीले सरकारमा भने जसपालाई सामेल गरेका छैनन्। सरकारमा सामेल हुन नपाए पनि उपेन्द्र यादव नेतृत्वको पार्टीले विश्वासको मत भने दिने तयारी गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =