न्युरोड क्षेत्र तनावग्रस्त, ठूलो संख्यामा प्रहरी तैनाथ (भिडिओ)
मकालु खबर
२०८१ साउन ४ गते
काठमाडौं । काठमाडौंको न्युरोड क्षेत्रको फुटपाथ बिस्तार कार्यमा स्थानीयले अवरोध गरेका छन् ।
शुक्रवार बिहानैबाट काठमाडौं महानगरपालिकाले फुटपाथ बिस्तारको काम थाले पनि स्थानीय र व्यवसायीहरुले बिरोध गरेका हुन् । स्थानीयहरुले न्युरोडमा फुटपाथ बढाउन नहुने बताएका छन् ।
स्थानीय र व्यवसायीहरु फुटपाथ बिस्तरको बिरोधमा उत्रिएपछि ठूलो संख्यामा नेपाल प्रहरी र महानगर प्रहरी खटाएको छ ।
उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधवारदेखि पुनः काम शुरु गरेको थियो ।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्युरोडमा फुटपाथ बिस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
मकालु खबर
२०८१ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित