मन्त्रीपरिषदमा पाँच वटा समिति, संयोजकको जिम्मेवारी यी मन्त्रीलाई
२०८१ साउन ३ गते

सरकारले मन्त्रीपरिषदमा पाँच वटा समिति बनाएको छ। बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले विभिन्न समिति बनाउँदै ती समितिका संयोजक पनि तोकेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकिएको हो।
राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई तोकिएको छ।
विधेयक समितिको संयोजकमा गृहमन्त्री रमेश लेखक, प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई जिम्मेवारी दिइएको छ।
२०८१ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








