मौद्रिक नीति बजेटको परिपूरकको रुपमा आउनुपर्छ : डा.स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति बजेटको परिपूरकको रुपमा आउनुपर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीवार आयोजना गरेको नीति मन्थन कार्यक्रममा बोल्दै उपसभापति वाग्लले यस्तो बताएका हुन् ।

उनले सरकारले ल्याएको बजेटले मध्येकालिन प्राथमिकता स्पष्ट बनाएकाले अर्थतन्त्रको शिथिलता चिर्न मौद्रिक नीति बजेटको परिपूरकको रुपमा आउनुपर्ने बताए ।

डा.वाग्लले मौद्रिक नीतिलाई वित्त नीति सरह महत्व दिन जरुरी रेहेको बताए । उनले अहिले मुलुकको अर्थतन्त्र शिथिल र सुस्त रहेको भन्दै अर्थतन्त्रमा देखिएको शिथिलता उपभोक्ताको माग र पुँजी लगानीमा संकुचन आएको बताए ।

उनले मुलुकमा आयात,निर्यात र व्यापारघाटा पनि घटेको बताए । उनले आयात र निर्यात घट्दा सरकारको राजश्व आम्दानीमा असर परेको बताए ।

उनले १४ खर्ब २२ अर्ब राजश्व उठाउने सरकारको लक्ष्यमा असार मसान्तसम्म करिव १० खर्ब मात्रै राजश्व संकलन भएको बताए । उनले वित्त नीतिले केही सकारात्मक दिशाहरु औंल्याएको पनि बजेटले अर्थतन्त्रको शिथिलता चिर्न नसकेको बताए ।

उनले अर्थतन्त्रको कुल मागलाई उकास्नको लागि तत्काल गर्नुपर्ने काम मौद्रिक नीतिले गर्न आवश्यक रहेको बताए ।

उनले मौद्रिक नीति कर्जा,ब्याजदर,ऋणीहरुको ब्यालेन्ससिटलाई सहज बनाउने र कर्जा उत्पादनमुखी क्षेत्रमा वृद्धि गर्ने नीति आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 12 =