संविधानले निर्धारण गरेको दायराअनुसार काम गर्छु : महान्यायाधिवक्ता बडाल

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले संविधानले निर्धारण गरेको दायराअनुसार काम गर्ने बताएका छन् ।

बिहीवार महान्यायाधिवक्ताको पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू र महान्यायाधिवक्ताको कार्यालयले संविधानले निर्धारण गरेको दायराअनुसार सबै कामहरु गर्ने बताए ।

उनले शिरमा संविधान र कानूनलाई राखेर आफूहरुले काम गर्ने प्रतिवद्धता जनाए । उनले अभियोजन गर्दा दोषीलाई मात्रै अभियोजन गर्ने बताए । अभियोजन गर्दा वस्तुनिष्ठ हिसावमा मात्रै गर्ने प्रतिवद्धता जनाए ।

‘संविधानले जे दायरा निर्धारण गरेको छ । त्यो दायराअनुसार नै मैले र मेरो कार्यालयले सम्पूर्ण काम कारबाही गर्नेछ । यो काम गरिरहँदा हामीले सबैभन्दा शिरमा संविधान र कानूनलाई राख्नेछौँ,’उनले भने, ‘संविधान र कानूनले जे निर्दिष्ट गर्छ, त्यो भन्दा दायाँ बायाँ हाम्रो कार्यालयबाट कुनैपनि काम हुँदैन । अभियोजन गर्दा हामीले जो व्यक्ति दोषी छ, ति व्यक्तिलाई मात्रै अभियोजन गर्ने, निर्दोष व्यक्तिलाई अभियोजन नगर्ने, अभियोजन गर्दा वस्तुनिष्ठ हिसावमा मात्रै गर्नेछौँ ।’

महान्यायाधिवक्ता बडालले पीडितलाई न्याय र राहत दिने काम संवैधानिक दायराभित्र रहेको गर्ने बताए । बिगो प्रणालीको मापदण्ड निर्धारण गर्न कार्यदल गठन गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 8 =