देशको अवस्था राम्रो छैन, यो अवस्थालाई बदल्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताएका छन् ।
बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देशको अवस्था अहिले राम्रो नभएको पनि बताए ।
देश प्रशंसा गर्न लायक भएपनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको बताए । उनले देशको इतिहास गौरवपूर्ण र प्रशंसा गर्न लायक भएको बताए ।
उनले देशको भविष्य उज्वल रहेको भएपनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुशी हुन सकिने नरहेको बताए ।
‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन देशको अवस्था । देश प्रशंसा गर्न लायक छ । देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ,’उनले भने,‘प्रशंसा गर्न लायक छ । भविष्य उज्वल छ । त्यसमा कुनै सन्देह छैन । तर आज सन्तोष मान्न, खुशी हुन सकिने अवस्था छैन । हामीले यस अवस्थालाई बदल्नै पर्ने छ ।’
उनले इन्जिनियरहरुले उच्च आत्मबल, उच्च मनोबलका र उच्च नैतिक बलका साथ देशको सेवा गरिरहेका बताए ।
इन्जिनियरहरुको समस्यालाई समाधान गर्न सरकार सकारात्मक रहेको उहाँको भनाई छ ।