सभामुखले गरे प्रमुख सचेतकहरूसँग छलफल
२०८१ साउन ३ गते

काठमाडौँ । सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।
सभामुख घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग सिंहदरबारमा छलफल गरेका हुन् ।
सत्ता समीकरण परिवर्तन र प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने विषयमा सभामुखले छलफल गरेको बुझिएको छ ।
बैठकमा प्रमुख सचेतकहरू सहित उपसभामुख इन्दिरा रानाको पनि सहभागिता छ ।
२०८१ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








