सुनिलविरुद्ध अर्को मुद्दा, सिंगापुर बैंकमा भेटियो विदेशी मुद्रा

गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेका नेपाल टेलिकलका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अर्को मुद्दा पनि दायर भएको छ।

राजस्व अनुसन्धान विभागले विशेशी मुद्रा गैरकानुनी रुपमा कारोबार गरेको अभियोगमा बुधबार काठमाडौं जिल्ला अदालतमा अर्को मुद्दा दायर गरेको हो।

राजस्व अनुसन्धान विभागले सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली विदेशी मुद्रा अमेरिकी डलर ५८ हजार अर्थात् नेपाली रुपैयाँ ७७ लाख ४५ हजार ९ सय अवैध कारोबार गरेको दाबीसहित मुद्दा दायर गरेको हो ।

पौडेलविरुद्ध बिगो र जरिवानासमेत २ करोड ३२ लाख ३७ हजार माग दाबी गरी मुद्दा दायर गरिएको विभागका महानिर्देशक चक्रबहादुर बुढाले जानकारी दिए ।

पौडेललाई विशेष अदालतले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएको छ।

पेमेन्ट गेट वेको उपकरण र परामर्श सेवा खरिद प्रकरणमा भने उनी दोषी ठहर भइसकेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विदेशी मुद्रा अपचलनबारे थप छानबिन गरी मुद्दा दायर गर्न अनुसन्धान विभागलाई जिम्मा लगाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =