आइतबार विश्वासको मत लिन ओलीको पत्र पुग्यो संसद

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ९ साउन ६ गते ० विश्वासको मत लिन संसदमा पत्राचार गरेका छन्।

बुधबार संसद सचिवालयमा पत्र पठाउँदै ओलीले आइतबार नै विश्वासको मत लिने जानकारी गराएका हुन्।

असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले त्यसको भोलिपल्ट सपथ लिएका थिए। आफूले सपथ लिए लगतै मन्त्रिमण्डललाई पुर्णता दिइसकेका छन्।

एक महिनाभित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था अन्तरगत ओलीले एकसातामै विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मत लिएर सरकारका काम कारबाही सहज ढंगले अगाडी बढाउने एमालेका एक नेताले मकालुखबरलाई जानकारी दिए।

संसद्को ठुलो दल कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। ओलीको नियुक्त बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। उक्त रिटको पेशी पनि सोही दिन परेको छ।

पेशी परेकै दिन विश्वासको मत लिने ओलीले तयारी गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =