सिमलताल दुर्घटनामा परेका १९ जनाको शव फेला, यी हुन् पहिचान खुलेका १४ जना
२०८१ साउन २ गते

काठमाडौं। चितवनको सिमलतालस्थित पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका थप दुई जनाको शव बुधबार फेला परेको छ।
बुधबार दुई शव फेला परेको र यसअघि फेला परेका तीन वटा शवको सनाखत भएको छ। यससँगै दुईवटा बसका १९ जनाको शव फेला परेको हो।
दुई वटा बसका ६२ जना यात्रु बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
भेटिएका शवमध्ये १४ जनाको सनाखत भइसकेको छ। ५ जना पुरुषको सनाखत हुन बाँकी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डएिसपी शैलेन्द्र थापाले जानकारी दिए।
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस त्रिशूली नदीमा खसेका थिए।
बुधबारसम्मकाे अपडेट


२०८१ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित








