आइतबार विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ( साउन ६ गते ) विश्वासको मत लिने तयारी गरेका छन् ।

असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका हुन् ।

सरकारका काम कारबाही सहज ढंगले सञ्चालन गर्न र जनअपेक्षाका काममा तीव्रता दिन प्रधानमन्त्री ओलीले एक सातामै विश्वासको मत लिन लागेका एमालेका एक नेताले मकालुखबरलाई जानकारी दिए ।

संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन सक्छन् ।

‘सरकारका कामलाई प्रभावकारी रुपमा सञ्चालन गर्न अग्रसर छौं, संसद्बाट विश्वास लिएर काम गर्दा सहज हुन्छ,’ती नेताले भने,‘प्रधानमन्त्रीले आइतबार नै विश्वासको मत लिनुहुन्छ ।’

संसद्को ठुलो दल कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eight =