महेश बर्तौला सत्तापक्षको मुख्य सचेतकमा नियुक्त
मकालु खबर
२०८१ साउन २ गते
काठमाडौँ । नेकपा एमालेका सांसद महेश बर्तौला सत्तारुढ दलको मुख्य सचेतकमा नियुक्त भएका छन् ।
बर्तौलालाई प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले मुख्य सचेतकमा नियुक्त गरेका हुन् ।
बर्तौलाले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने छन् ।
प्रधानमन्त्री ओलीले उनलाई असार २ गतेबाट लागू हुने गरी मुख्य सचेतकमा नियुक्त गरेका हुन् ।
बर्तौला यसअघि एमालेको सचेतक र प्रमुख सचेतक भएर जिम्मेवारी सम्हालेका थिए ।
मकालु खबर
२०८१ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित