नेपाली राजनीतिमा महिलाका योगदानलाई नजरअन्दाज गर्नु हुँदैन : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री तथा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको संरक्षणमा लाग्न आग्रह गरेका छन् ।

बुधवार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले नेपालीहरूले पाएको अधिकारका लागि महिलाहरूको योगदान अतुलनीय रहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त अधिकारका लागि नेपाली महिलाहरूले दिएको योगदानलाई नजरअन्दाज गर्न नहुने बताए ।

उनले भने ‘यो भवन समयमै सम्पन्न होस् । उद्घाटन हुँदा हाम्रै पार्टी सभापतज्यिुबाट हुँदा अझ राम्रो हुन्छ । अधिकार प्राप्त गर्नका लागि मंगलादेवी लगायतका महिला नेतृहरूको धेरै योगदान रहेको छ । हामी सबैले त्यसको गम्भीरतालाई हामी सबैले बुझ्नुपर्छ । २००७ सालमा प्राप्त गरेको अधिकार २०१७ सालमा गुमिसकेपछि फेरि पनि गुमेका अधिकारहरूलाई पुनः प्राप्ति गर्नको लागि मंगलादेवी सिंह लगायत शैलजा आचार्यहरू सबै जेल गएको कुरा तपाईँ हामी सबैले बिर्सिनु हुँदैन । अहिले हामी जुन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक जुन संविधानबाट जुन प्राप्त गरेका अधिकारहरू छन् । ती अधिकारहरू प्राप्त गर्नको लागि हाम्रो पार्टीका धेरै महिला नेतृहरूले धेरै ठूलो योगदान दिनुभएको छ । त्यसैले अहिले आएर हामीले भेला भएर आफ्ना कुरा राख्नसक्ने अवस्थामा पुगेको कुरालाई नजरअन्दाज गर्नु हुँदैन ।’

उपप्रधानमन्त्री सिंहले मंगलादेवी सिंहको नाममा शिलान्यास भएको भवन छिटै बनाइसक्नुपर्ने र पार्टी सभापति शेरबहादुर देउवाको हातबाटै उद्घाटन गर्दा राम्रो हुने बताए । २००७ सालमा प्राप्त गरेको अधिकार २०१७ सालमा गुमिसकेपछि फेरि गुमेका अधिकारहरूलाई पुनः प्राप्ति गर्न मंगलादेवी सिंह र शेलजा आचार्य लगायतका महिलाहरूको योगदान अविस्मरणीय रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =