नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न चाहन्छु : डा.शशांक कोईराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले आगामी दिनमा नेपालले महिला प्रधानमन्त्री पाउनेमा निश्चिन्त हुन आग्रह गरेका छन् ।

बुधवार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न आफूले चाहेको बताए । उनले महिलाहरूमा समाजलाई डोर्याउनसक्ने क्षमता हुने बताए ।

‘म त चाहन्छु की महिला प्रधानमन्त्री होस् भनेर । अब आउँदो दिनमा मलाई लाग्छ महिला प्रधानमन्त्री तपाईँहरूले पाउनु हुन्छ,’उनले भने,‘महिला प्रधानमन्त्री भयो भने के हुन्छ भने पुरुषहरूको पनि नेतृत्व गर्ने क्षमता हुन्छ, समाजलाई डो¥याउन सक्छ । तर तपाईँहरू सक्षम बन्नुस् । चुलोमा बस्ने मात्रै होइन, समाजमा भिज्नुस् । समाजको त्रुटिलाई सुधार्नुस् । महिलासँग सम्पूर्ण जीवनको साँचो हुन्छ ।’

उनले महिलाहरूलाई हरेक कुरामा अघि सार्न जरुरी रहेको बताए । उनले आफूले अहिलेसम्म ४ पटक निर्वाचन जितेको र त्यो सबै महिलाहरूको साथ र सहयोगकै कारण जितेको बताए ।

उनले महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत अधिकार दिनुपर्ने बताए । उनले महिलाहरूलाई देशको नेतृत्व गर्नसक्ने गरी सक्षम बन्न आग्रह गरे ।

‘४ पटक चुनाव जितेँ म आफ्नो क्षेत्रबाट । योगदान महिलाहरूकै थियो । महिलाहरूलाई उच्चसम्म हामीले दिनुपर्छ,’उनले भने,‘म आदरणीय शेरबहादुरजीलाई भन्छु ३३ प्रतिशत होइन, महिलाले ५० प्रतिशत पनि पाउनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 3 =