मोहन वैद्यको पार्टी फुट्यो, बास्तोला बाहिरिए

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल फुटेको छ।

मंगलबार पार्टीका सह–संयोजक धर्मेन्द्र बाँस्तोलाले विज्ञप्ति जारी गर्दै एकता प्रक्रिया असफल भएको घोषणा गरेका हुन् ।

१६ महिना अघि २०७९ चैतमा दुई पार्टीबिच एकता भएको थियो।

यो अवधिमा पार्टी एकतालाई सुदृढ गर्न कैयौँ प्रयत्न आफूबाट भएपनि सफल हुन नसकेको उनले सार्वजनिक गरेका छन्।

आजैका मितिबाट एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएको बास्तोलाको विज्ञप्तिमा उल्लेख छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =