नाकाबन्दी र घेराबन्दीसँग जुधेको छु, यो कार्यकाल जनताका लागि : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई राहत दिने काम गर्ने बताएका छन् ।

आज आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू विभिन्न कठिन अवस्थाको सामना गर्दै यहाँसम्म आएको बताउँदै अब देश र जनताका लागि काम गर्ने बताए ।

उनले यसअघि पनि सरकार चलाएको अनुभव आफूसँग रहेको बताएका छन् । उनले कोभिड, नाकाबन्दी र पार्टी भित्रैका डरलाग्दा अप्ठयाराहरुसँग जुधेको सुनाउँदै अहिले त्यो अवस्था नरहेको बताए ।

‘यस पटक मसँग अघिल्लो पटक सरकार चलाएका अनुभवहरू पनि छन । मैले अप्ठयाराहरुसँग जुधेको छु । कोभिडसँग जुधेको छु । नाकाबन्दीसँग जुधेको छु । पार्टी भित्रैका डरलाग्दा अप्ठयाराहरुसँग जुधेको छ,’उनले भने,‘घेराबन्दीसँग जुधेको छु । ती अनुभवहरू पनि मसँग छ । आज कतै पनि त्यस्तो स्थिति छैन । आज त्यस प्रकारको घेराबन्दीको स्थिति छैन । हामीसँग कोभिडको तुलनामा त्यस्तो कुनै विपत्ति पनि छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 7 =