प्रधानमन्त्री ओलीले साउन ६ गते संसदबाट देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।

उक्त दिन बस्ने संसद बैठकमार्फत प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

आइतबार प्रधानमन्त्री नियुक्त भएका ओलीले सोमबार शपथ ग्रहण गरेर कार्यभार सम्हालिसकेका छन्।

ओलीले नेतृत्वको पहिलो मन्त्रीपरिषद बैठक बसेर विभिन्न महत्वपुर्ण निर्णय पनि गरिसकेको छ।

उनले प्रधानमन्त्री भएको एक साताभित्रैमा प्रधानमन्त्रीको हैसियतमा संसदमार्फत देशबासीलाई सम्बोधन गर्न लागेका हुन्। ओलीले आफूले सपथ लिएकै दिन मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्।

एमालेबाट प्रधानमन्त्रीसहित ९ जना, कांग्रेसबाट उपप्रधानमन्त्रीसहित १० जना मन्त्री बनेका छन्। त्यस्तै, लोसपाबाट एकजना र अशोक राई नेतृत्वको जसपाबाट २ जनालाई मन्त्री बनाइएको छ।

अन्य साना दलले पनि सरकारमा जान प्रयास गरिरहेको भए पनि कधांग्रेस एमालेले उनीहरुलाई मतलब नै गरेका छैनन्। उनीहरुका लागि मन्त्रालय समेत खालि राखेका छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + three =