मन्त्रीहरुलाई परिणाम देखिने गरी काम गर्न ओलीको डेडलाइन

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई समयसीमा तोकेरै परिणाम देखिने गरी काम गर्न दिर्नेशन दिएका छन्।

सोमबार बसेको पहिलो बैठकमै उनले २१ वटै मन्त्रालयका मन्त्रीहरुलाई परिणाम देखिने र जनतामा आशा जगाउने गरी काम गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीले एक महिनाभित्र केही न केही फरक देखाउन निर्देशन दिएको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

‘छ महिनाभित्र यो क्याबिनेटले काम गर्ने भयो भनेर विश्वास दिलाउने र एक वर्षभित्र इन्डिकेटरको हिसाबले पनि सबै भिजिवल परिर्वतन आउनुपर्‍यो, परिणा देखिनुपर्‍यो’ ओलीले मन्त्रीहरुलाई भनेका छन्।

प्रधानमन्त्री ओलीले सरकारलाई असफल हुने छुट नभएको बताउँदै मन्त्रालयहरुबीच समन्वय गरेर काम गर्न पनि निर्देशन दिएका छन्।

मन्त्रिपरिषदको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =