प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिका बारेमा गम्भीर छौँ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्राकृतिक प्रकोपबाट भएको जनधनको क्षतिका बारेमा गम्भीर भएर काम गर्ने बताएका छन् ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सिमलतालमा पहिरोमा परी बेपत्ता बस र बसका यात्रुहरुको बारेमा केही विषयलाई छानबिन गर्न कार्यदल बनाउने निर्णय भएको पनि बताए ।

उनले कार्यदललाई १० दिनको समय दिइएको बताए । उनले घटना कसरी भयो, मृतक र बेपत्ता भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने बारेमा पनि छलफल भएको बताए ।

उनले भने– ‘नयाँ सरकार बनेको छ, धेरै चुनौति पनि छन् र अवसरहरु पनि छन् । गम्भीरतापूर्वक हामी अघि बढ्नेछौँ । विधिको शासन कायम हुन्छ, सबैकुरा कानून बमाजिम हुन्छ । सिमलतालमा पहिरोमा परी बेपत्ता बस र बसका यात्रुहरुको बारेमा केही विषयलाई छानबिन बनाएका छौँ । १० दिनको समय दिएका छौँ । यो घटना कसरी भयो, मृतक र बेपत्ता भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति के कति कसरी उपलब्ध गराउने कुरामा । घटना पुनरावृत्ति नहुने गरी कस्तो व्यवस्था गर्ने भन्नेकुराको बारेमा कार्यदल बनाउने कुरा भएको छ । प्राकृतिक प्रकोपले भएको जनधनको क्षतिको बारेमा गम्भीर भएर काम गर्नुपरेको छ ।’

उनले नयाँ सरकारलाई चुनौति र अवसर रहेको भन्दै गम्भीरतापूर्वक अघि बढ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =