१० महिनाभित्रमा टियु क्रिकेट मैदानलाई सुविधा सम्पन्न बनाउने सरकारको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।

सोमवार पद तथा गोपनीयताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन्।

प्रधानमन्त्रीको पदभार ग्रहणसँगै नयाँ सरकारको पहिलो मन्त्रिपरिषद बैठक बसेको छ।

बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई तीन सयदिन भित्रमा सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय गरेका छन्। ओली सरकारको यो पहिलो निर्णय हो । यसलाई प्रधानमन्त्री आफैले फेसबुकमार्फत पनि सार्वजनिक गरेका छन्।

कीर्तिपुर क्रिकेट मैदानमा दर्शक बस्नको लागि प्यारापिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने काम तत्काल सुरु गर्ने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट मैदानको विकासका लागि तीन सय दिनको समय सीमा तोकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =